मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार १९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनमा सहमति : नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ र बागमतीको मुख्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार १९:३५:००

नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको एक नेताले बताए ।

अब प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा पनि संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । हालका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । दुवैै प्रदेशमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ ।

आचार्य र शाक्य करिब एक महिनाअघि मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । 

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेसँगै प्रदेश १ र बागमती प्रदेशमा एमालेले एकल बहुमत गुमाएको हो । आचार्यले दसैँपछि र शाक्यले दसैँअघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।