मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेस टोली भारत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १२:३४:oo

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली भारत प्रस्थान गरेको छ। सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय कांग्रेसको टोली आज नयाँदिल्ली प्रस्थान गरेको हो।

महत नेतृत्वको टोलीमा नेताहरू अजय चौरसिया र उदयशमशेर राणा सहभागी छन्। टोली पाँचदिने भ्रमणका लागि गएको नेपाली कांग्रेसले जनाएको छ।भ्रमणका क्रममा नेताहरूले भाजपा अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सहमहामन्त्री डा. महतले भ्रमणबारे जानकारी दिँदै भ्रमण दुई पार्टीबीचकोे सम्बन्ध विस्तारमा केन्द्रित हुने बताएका छन। भ्रमणका क्रममा दिल्ली, लखनउ र बनारसमा भेटघाट कार्यक्रम राखिएको छ। भेटका क्रममा हुने छलफल र अन्तर्क्रियाले दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे।