Skip This
रामायणका ‘रावण’ अरबिन्द रहेनन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Saturday, 27 July, 2024
एजेन्सी
२o७८ असोज २१ बिहीबार o५:४३:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रामायणका ‘रावण’ अरबिन्द रहेनन्

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार o५:४३:oo

हिन्दी भाषाको लोकप्रिय चर्चित टेलीशृंखला ‘रामायण’मा लंकापति रावणको भूमिका निर्वाह गरेका अभिनेता अरबिन्द त्रिवेदीको निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको मंगलबार राति १० बजे हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

त्रिवेदीको निधनमा ‘रामायण’मा सँगै अभिनय गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलियालगायका कलाकार, शुभचिन्तक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री मोदीले त्रिवेदीसँगको फोटोसहित गरेको पोस्टमा लेखेका छन्, ‘हामीले असाधारण अभिनेता अरबिन्द त्रिवेदीलाई गुमाएका छौँ । उनी अभिनेता मात्र होइनन्, जनसेवक पनि थिए । ‘रामायण’ टेलीशृंखलामा उनले गरेको काम भारतको आउने पिँढीले पनि याद गर्नेछ । त्रिवेदीको परिवार तथा शुभचिन्तकप्रति हार्दिक समवेदना !’ 

रामानन्द सागरको ‘रामायण’मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । कुनै दीर्घरोग नदेखिए पनि उनको स्वास्थ्य तीन दिनदेखि बिग्रिएको त्रिवेदी परिवारले जानकारी दिएको उल्लेख छ । हृदयाघात भएपछि उनको शरीरका अन्य अंगहरूले पनि काम गर्न छोडेका थिए । उनले हिन्दी र गुजराती भाषामा तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।