बुद्ध एयरको जहाज सुर्खेतमा ल्यान्ड हुन नसकेपछि नेपालगन्ज डाइभर्ट

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो । 

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्ज डाइभर्ट गरिएको बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थलमा अवतरण गर्न सकिएन, त्यसैले नेपालगन्ज डाइभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगन्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।’

त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चारजनासहित ४६ जना यात्रु रहेका छन् । 
 

सुझावित समाचार