मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला सभापतिबाहेकको पदमा उम्मेदवार बन्न पाउने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १२:५७:oo

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित भएका व्यक्तिले जिल्ला सभापतिबाहेकका पदमा उम्मेदवार बन्न पाउने निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी महाधिवेशनमा विधानमा यसबारे स्पष्ट व्यवस्था नभएको गुनासो आएपछि केन्द्रीय निर्वाचन समितिले यस्तो निर्णय गरेको हो।

सोमबार संयोजक महादेवप्रसाद यादवको संयोजकत्वमा बसेको निर्वाचन समितिको बैठकले यसबारे स्पष्ट पारेको हो। 

‘दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको हकमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित भएका कुनै व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक जिल्ला सभापतिका अन्य सबै पदमा उम्मेदवार हुन सक्नेछ,’ समितिको निर्णयमा भनिएको छ।

समितिले सबै जिल्लाका निर्वाचन अधिकृतलाई यसबारेको परिपत्रसमेत गरिसकेको छ।