१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले विभाजन होइन, पुनर्गठन भएको हो : प्रकाश ज्वाला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:४२:oo

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले)को विभाजन नभई त्यसको पुनर्गठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

लामो त्याग, बलिदानी र संर्घषबाट प्राप्त भएका उपलब्धिमाथि एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफूहरू त्यसको विरुद्धमा लागेको ज्वालाले बताए । 

उनले भने, ‘संविधानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न नसक्ने व्यवस्था भएको भए पनि त्यसमा पटक–पटक प्रहार गर्नुभयो । उहाँ दक्षिणपन्थी धारमा हिँडेकाले एमाले अब कम्युनिस्ट पार्टी नभएको र आफूहरूले पार्टीभित्र विद्रोह गरेर नयाँ पार्टी गठन गरेका हौँ ।’ 

ad
ad