Skip This
रेसुंगाको गौशालामा गोमूत्र संकलन र प्रशोधन सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Monday, 15 September, 2025
२o७८ असोज १८ सोमबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेसुंगाको गौशालामा गोमूत्र संकलन र प्रशोधन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १४:५८:oo

गुल्मीको रेसुंगास्थित गौशालाबाट अर्क (गोमूत्र) संकलन गरी प्रशोधन र बिक्री–वितरण सुरु गरिएको छ। यसै वर्षदेखि गोमूत्र (गहुँत) संकलन, प्रशोधन र बजारीकणको काम थालिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले जानकारी दिए।

योगी नरहरि नाथले ०४२ सालमा रेसुंगा यज्ञशालामा कोटीहोम गर्दा दानमा आएका २६ वटा गाईका बाच्छीबाट गौशाला सुरु भएको थियो।  अहिले गौशालामा रहेका एक सय ५० भन्दा बढी गाईको दैनिक २० लिटर गोमूत्र संकलन र प्रशोधन सुरु गरिएको हो।

रेसुंगा संरक्षण समितिका अनुसार प्रशोधित गोमूत्र केही दिनमा नै लेबलिङ गरेर बजारमा पठाउने योजना रहेको छ। गोमूत्र संकलन तथा प्रशोधन गरेर बजारीकरणको काम तारागाउँ विकास समितिका प्रमुख झविन्द्र ज्ञवालीले गरेका छन्।

यो वर्ष ‘गो’ महोत्सवको आयोजना गर्ने, गोमूत्र प्रशोधनका लागि अझै अत्याधुनिक मेसिन ल्याउने, गाई र गँड्यौलाको मल बनाउने प्रविधि ल्याउने योजना रहेको रेसुंगा संरक्षण समितिका सचिव मोती खनालले बताए।