मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माडी नगरपालिका– १ का वडासदस्य शिवबहादुर कार्कीले बन्सी महतोलाई बेचेको रिपर । अनुदानबाट लिएको कृषियन्त्र बेचेको सार्वजनिक भएपछि उनले फिर्ता लगेका छन् ।
२०७८ असोज १५ शुक्रबार ०८:५५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनप्रतिनिधिले नै बेचे अनुदानको कृषियन्त्र

Read Time : < 1 मिनेट
२०७८ असोज १५ शुक्रबार ०८:५५:००

कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानको धान काट्ने मेसिन (रिपर) चितवनका  माडी नगरपालिका– १ का वडासदस्य शिवबहादुर कार्कीले बिक्री गरेका छन् । कृषि विकास निर्देशनालय हेटौँडाबाट ७५ प्रतिशत अनुदानबापतको रिपर बिक्री गरेको सार्वजनिक भएपछि फिर्ता लगेका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा कार्कीले अनुदानमा रोटाभेटर र रिपर लिएका थिए । रिपरको अनुदान एक लाख ७६ हजार रुपैयाँ हो । तर, त्यही रिपर उनले वडावासी बन्सी महतोलाई एक लाख ९० हजार रुपैयाँमा बिक्री गरेका थिए । तीन लाख ९५ हजार रुपैयाँको अनुदान कार्यक्रमअन्तर्गत रोटाभेटर र रिपर खरिद गर्दा उनले दुई लाख ९६ हजार दुई सय ५० रुपैयाँ अनुदान प्राप्त गरेका थिए । रिपरको बजार मूल्य दुई लाख ३५ हजार रुपैयाँ छ ।

गत वर्षको १४ असोजमा महतोले वडासदस्य कार्कीबाट रिपर खरिद गरेका थिए । उनले आफूले चलाउन नसकेको तथा गाउँकै किसान भएकाले गरेर खाऊन् भनेर महतोलाई रिपर दिएको दाबी गरे । ‘रिपर बेचेर पैसा दिएको लिएको रेकर्ड छैन, सहयोग मात्र गरेको हो,’ कार्कीले भने ।

किसानलाई आवश्यक पर्ने कृषियन्त्र नआउँदा आफूले सबैको समन्वयमा फिर्ता पठाउनभन्दा अनुदानको कृषियन्त्र लिने गरेको उनी बताउँछन् । ‘सहकारीमा कृषियन्त्र आउँछ, तर किसानलाई आवश्यकताभन्दा फरक सामान आएकाले किन फिर्ता पठाउनु भनेर पछिल्लो अनुदान लिएको हुँ,’ कार्कीले नयाँ पत्रिकासँग भने ।

अख्तियारको पत्र नगरपालिकामा
माडी नगरपालिकामा अख्तियारले कार्कीको नाम नै तोकेर बुझी पठाउन पत्रसमेत पठाएको छ । बढी मूल्यमा अनुदानको सामग्री बिक्री गरेको गुनासोका आधारमा पत्र आएको माडी नगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।