Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १४ बिहीबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारतका अधिकारीबीचको बैठकमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको समीक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १४ बिहीबार १७:५३:००

भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) मा पुनर्निर्माण परियोजनाहरूको समीक्षा भएको छ । भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा काठमाडौंमा बिहीबार बैठक भएको हो । 

बैठकमा भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा भएको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । 

दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरूमा भएको प्रगतिको सराहना गरेका थिए । जेपिएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको छ ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गर्न सन् २०१७ अगस्टमा जेपिएमसी संयन्त्र स्थापना भएको थियो । बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरूको उपस्थिति थियो ।