Skip This
प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १४ बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार ११:३८:oo

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ तोकेको हो।

आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भदौ ३० मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको मुद्दामा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

आदेशमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्योल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। सर्वोच्चको आदेशपछि मुद्दामाथिको सुनुवाइ अनिश्चित बनेको छ। रिटमा अधिवक्ता रेग्मीलाई विपक्षी बनाइएको छ।