१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युतमा लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:oo:oo

रसुवाको स्याफ्रुबेँसीमा रहेको ‘लाङटाङ खोला जलविद्युत् आयोजना’को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसिसी बैंकले तीन अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । 

लगानीसम्बन्धी सम्झौतामा प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर भएको जनाइएको छ । २० मेगावाट क्षमताको आयोजनको लागत अनुमानित तीन अर्ब ६४ करोड रुपैयाँ रहने जनाइएको छ ।

कम्पनीले आयोजनाको निर्माण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । आयोजनाको निमार्ण पूरा भई उत्पादन लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको चिलिमे हब सबस्टेसनमा लगेर जोडिने जनाइएको छ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुक्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र वर्षायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुने उल्लेख छ । 
 

ad
ad