मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १३ बुधबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : धनुषा, सर्लाही र कैलालीको सदस्यता विवाद टुंगियो, पाँच जिल्लाको विवाद कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार १२:५७:oo

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत थप तीन जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ। कांग्रेसले धनुषा, सर्लाही र कैलालीको सदस्यता विवाद टुंग्याएर विवरण सार्वजनिक गरेका हो। नेता कृष्ण सिटौला संयोजकत्वको विवाद समाधान कार्यदलले विवाद समाधान गरेर केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाएको हो। 

विवरण उपलब्ध भएसँगै कांग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ। निर्वाचन समितिले पछिल्लो समय विवरण उपलब्ध भएका आठमध्ये हिमाली जिल्ला डोल्पामा मात्र निर्वाचनको प्रक्रिया सुरु गरेको छ। यसअघि सार्वजनिक भएको सुर्खेत, महोत्तरी, सिराहा र बाँके, आज सार्वजनिक भएका तीन जिल्ला र बाँकी पाँच गरी १२ जिल्लाका लागि सबै विवरण उपलब्ध भएपछि मात्र कार्यतालिका हेरफेर गरेर एकमुष्ट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ। 

अब क्रियाशील विवाद टुंगो लाग्न बाँकी जिल्लामा बारा, पर्सा, रौतहट, सप्तरी र रसुवा रहेका छन्। कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज ९ भित्र सबै जिल्लाको विवाद टुंगो लगाउने सहमति गरेको थियो। तर, हालसम्म विवाद बाँकी छ।