मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ११ सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै एमाले सांसदको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ११ सोमबार १३:४४:००

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार राष्ट्रिय सभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्ने क्रममा गुरुङले तत्काल सो विधेयक खारेज गर्न सरकारसँग माग गरेका  हुन् ।

प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक, लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो तीन वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

विधेयकमा उल्लेखित सो प्रावधान संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी   दिए । ‘प्रतिस्थापन विधेयकको सो प्रावधान संविधानविपरीत छ । हाम्रो प्रचलित कानुनअनुसार पनि प्रतिकूल छ । यो कुराचाँहि बदर हुनुपर्छ,’ उनले भने ।

सांसद गुरुङले सत्तापक्षले संसद्लाई सहज ढंगले अघि बढाउन पहल नगरेकाले आफूहरूले अवरोध गरिरहनु परेको जिकिर गरेका छन् ।