मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार १९:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको प्रतिवेदनमा घनश्याम भुसालको टिप्पणी– कम्युनिस्ट आन्दोलनमा ठूलो धक्का लाग्यो, जबज र समाजवादबारे स्पष्ट गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार १९:०८:००

एमाले उपमहासचिव घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनमा ठूलो धक्का लागेको बताउँदै जनताको बहुदलीय जनवाद (जबज) र समाजवादबारे स्पष्ट हुन आवश्यक रहेको बताएका छन् । अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रश्न उठाउँदै भुसालले कमी–कमजोरीको समीक्षा गर्दै आगामी बाटो तय गर्नुपर्नेमा जोड दिएका हुन् । 

आइतबार सकिएको तीनदिने केन्द्रीय कमिटी बैठकपछि भुसालले दस्ताबेजहरूमा केही राम्रा विषय आए पनि नपुगेका आधारभूत विषय पनि रहेको बताए । उनले कम्युनिस्ट आन्दोलनले धक्का खाएको भन्दै जिम्मेवारीपूर्वक वस्तुगत रूपमा मूल्यांकन हुनुपर्ने बताए । 

उनले भने, ‘कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, यो धक्का सानोतिनो छैन । अझ जिम्मेवारीपूर्वक वस्तुगत रूपले यसको मूल्यांकन गर्नुपर्छ । यसमा हामीबाट भएका कमी–कमजोरी दुनियाँका सामु नलुकाई भन्न सक्नुपर्छ । क्रान्तिकारी पार्टीले, फेरि उठ्ने, मुलुकको नेतृत्व गर्ने जिम्मेवारी बोकेको पार्टीले कुराहरू लुकाउनुहुँदैन ।’ 

भुसालले समाज परिवर्तन भइसकेको बताउँदै समाजवादमा जाने र त्यसको तयारीमा लाग्ने ठोस कार्यक्रम आउनुपर्नेमा जोड दिएका छन् । 

उनले जबजलाई परिभाषित गरेर जानुपर्ने आवश्यकता पनि औँल्याएका छन् । ‘जबजबारे आँखा नदेख्नेले हात्ती छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । हामीले त्यसलाई परिभाषित गर्नुपर्छ । स्वयं जबज के हो भन्ने कुरा हामीले अहिलेसम्म परिभाषित गरेका छैनौँ । त्यसलाई परिभाषित गरेर जानुपर्छ ।’