Skip This
स्थानीय तहको सरुवा रोकिएपछि सिंहदरबारमा कर्मचारीको धर्ना 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १० आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १० आइतबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहको सरुवा रोकिएपछि सिंहदरबारमा कर्मचारीको धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १८:३४:oo

जनगणनाका कारण सरुवा रोकिएपछि स्थानीय तहका कर्मचारीले धर्ना सुरु गरेका छन्। स्थानीय तहका कर्मचारीले जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा रोकेको भन्दै धर्ना थालेका हुन्।

कर्मचारीहरूले एक वर्षअघि परेका निवेदनलाई रोकेर सरुवा स्थगित गरेको भन्दै धर्ना सुरु गरेको बताएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । 

कर्मचारीहरूले मुख्य सचिव शंकरदास बैरागीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा जनगणनामा स्थानीय तहका कर्मचारीको सरुवाले असर नपर्ने उल्लेख गर्दै सरुवाको काम अगाडि बढाउन माग गरिएको छ। 

कर्मचारीहरूले माग पुरा नभए चरणबद्ध आन्दोलन थाल्ने चेतावनीसमेत दिएका छन्।