१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ जेठ ४ शुक्रबार १४:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश गर्न लागेका हुन् ?

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ जेठ ४ शुक्रबार १४:o३:oo

भारतीय कम्युनिस्ट पार्टीका युवा नेता कन्हैया कुमार र दलित अभियन्ता तथा गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवाणी कांग्रेस प्रवेश गर्न सक्ने सम्भावना रहेको भारतीय पत्रिका द हिन्दूले दाबी गरेको छ।

भारतीय स्वतन्त्रता आन्दोलनका सेनानी भगत सिंहको जयन्ती पारेर सेप्टेम्बर २८ तारिखका दिन भारतीय कांग्रेसका पूर्वसभापति राहुल गान्धीले उनीहरूलाई पार्टी प्रवेश गराउन लागेको द हिन्दूलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ।
  
चुनावी रणनीतिकार प्रशान्त किशोरले सन् २०२४ को लोकसभा चुनावभन्दा पहिले भारतको सबैभन्दा पुरानो पार्टीलाई नयाँ स्वरूप दिने प्रयास गरिरहेको भन्ने चर्चा चलिरहेको छ। तर, पार्टी प्रवेश गर्ने प्रभावशाली नेताहरूलाई राष्ट्रियस्तरको जिम्मेवारी वा अन्य कुनै नयाँ जिम्मेवारी दिने भन्नेबारे निर्क्याेल भने भइसकेको छैन।

कम्युनिस्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणी समितिका सबैभन्दा युवा सदस्य कन्हैयाले सेप्टेम्बरको सुरुवातमा राहुल गान्धीसँग भेट गरेका थिए। मेवाणी पनि कांग्रेस नेतृत्वसँग लगातार सम्पर्कमा रहेको बताइएको छ। प्रशान्त किशोरको कांग्रेस प्रवेश गर्ने समयलाई लिएर अहिलेसम्म आधिकारिक रूपमा कुनै पनि सूचना छैन। किशोरको प्रवेशबारे केन्द्रीय कार्यसमितिमा छलफल भएको छ कि छैन भन्ने पनि बाहिर आइसकेको छैन।
 
बाहिर चर्चा भएका विषयमा कांग्रेसले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन। तर, राहुल गान्धीले गत १६ जुलाईमा दिएको अभिव्यक्तिले पार्टीको शीर्ष नेतृत्वको मानसिकताबारे स्पष्ट भएको थियो।

गान्धीले भनेका थिए, ‘बिजेपी र आरएसएससँग नडराउने मानिसहरू धेरै छन्। तर, उनीहरू कांग्रेसबाहिर छन्। ती सबै मानिस हाम्रा हुन्। ती मानिसलाई पार्टीमा ल्याएर आरएसएससँग डराउनेहरूलाई पार्टीबाट हटाउनुपर्छ। डराउने मानिसहरू हामीलाई चाहिएको होइन। हामीलाई निडर मानिसहरू चाहिएको हो।’
 
पार्टीभित्रका युवा नेतृत्व बाहिरिने क्रम बढिरहेको समयमा नयाँ अनुहारहरूले कंग्रेसलाई निकै राहत मिल्ने बताइएको छ। सन् २०१९ मा दोस्राेपटक लोकसभा चुनावमा पराजित भएपछि विगत डेढ वर्षको समयमा ज्योतिरादित्य सिंधिया, जितिन प्रसाद तथा सुष्मिता देवजस्ता युवा अनुहारहरूले कंग्रेस छाडिसकेका छन्।

ad
ad