मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ असोज ९ शनिबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले अवरोध गरिरहेको विष्णु पौडेलको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार १६:o४:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । शनिबार रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन्।

विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दै उनले एसियाली विकास बैंकसँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन सचेत गराए ।

‘यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍याे भने हाम्रा निम्ति मान्य हुनेछैन। हामी सशक्त ढंगले जवाफ दिनेछौँ । सेकेन्ड इन्टरनेशनल एयरपोर्टको सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग यथाशिघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका निम्ति हामीले दबाबकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ,’ पौडेलले भने ।