Skip This
आलमको मुद्दा फेरि हेर्न नमिल्नेमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आलमको मुद्दा फेरि हेर्न नमिल्नेमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १३:२९:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नमिल्नेमा राखिएको हो।

आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन्। 

उनको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ भने हुन सकेको छैन। आलमको मुद्दा यसअघि समेत हेर्न नमिल्नेमा परेको थियो।

ad
ad