१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने कांग्रेसको अडान,  प्रतिनिधिसभा बैठक प्रभावित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १५:४२:oo

नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने कांग्रेसको अडानले बजेट अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठक प्रभावित भएकाे छ। शीर्ष नेताहरूलाई बोल्न दिने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले असहमति जनाएपछि अझैसम्म कार्यव्यवस्था समितिकाे बैठक बस्न सकेकाे छैन।  

आज २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतक र सचेतकहरूसँग दुई चरणमा छलफल गरेका छन्। 

कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र मात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने, तर नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएपछि कार्यव्यवस्था बैठक बस्न सकेको छैन। 

सभामुख घिमिरेले भने, ‘नेताहरू उठेर आ–आफ्ना शीर्ष नेताहरूसँग छलफल गर्न जानुभएको छ। यसपछि पुनः बैठक बस्छ। त्यसपछि कार्यव्यवस्था बैठक बस्छ।’ 

ad
ad