मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ८ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी भएको मुद्दामाथि सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार ११:४७:oo

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामा सुनुवाइ तोकेको छ। रिटमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र  मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको हो।

भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्ने र यसबारे राय लिनका लागि चारजना अदालतका सहयोगी (एमिकस क्युरी) झिकाउन अन्तरिम आदेश जारी गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले १६ भदौमा रिट दायर गरेका थिए।

अधिवक्ता रेग्मीको रिटमा संविधानमा जे व्यवस्था छ त्यहीअनुसार इजलास गठन हुनुपर्ने र कसैको दबाबमा परेर संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिन नहुने जिकिर गरिएको थियो। रिटमा प्रधानन्यायाधीश इजलासबाट अलग हुन नमिल्ने अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो। तत्पश्चात् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए।