मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:०३:००

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तनहुँको बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरूले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउने सम्झौता भएको हो ।

 यसका साथै बैंकले डेबिट कार्ड नभएका ग्राहकका लागि घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशभरमा एक सय ८३ शाखा, एक सय १७ एटिएम र एक सय ११ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।