Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ असोज ५ मंगलबार १२:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असोज ५ मंगलबार १२:४१:००

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले भौतिक आक्रमण गरेको हो।

गएराति भारतबाट नेपालमा अवैध रूपमा चिनी भित्र्याइरहेका वेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेकाे हाे । आक्रमणमा परी सशस्त्र प्रहरीका जवान सुदीप सुनारसहित तीन सशस्त्र प्रहरी घाइते भएका छन्।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ८ सुन्दरनगर क्षेत्रमा भारतीय तस्कर समूहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेर भारततिरै भागेकाे थियाे। मोटरसाइकलमा चिनी तस्करी गरिरहेका वेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेका थिए। घाइते सशस्त्र प्रहरी दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि काममा फर्किसकेका छन्।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर भने तस्कर समूहको सामान नियन्त्रणमा लिन खोजेपछि सामान्य विवाद भएको र घाइतेको संख्या एक मात्र रहेको बताउँछन्। तस्कर समूहका नाइके भारतमा पक्राउ परिसकेको बताए पनि उनले तस्करको नाम भने खुलाएनन्। ‘हामीले सशस्त्र प्रहरीमाथि कुटपिट गर्ने गिरोहलाई पक्राउका लागि हिजै भारतीय पक्षसँग पत्राचार गरेका थियौँ,’ उनले भने, ‘मुख्य आक्रमणकारी पक्राउ परिसकेका छन्।’

सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीको संख्या ज्यादै न्यून भएकाले तस्कर समूहले सहजै प्रहरीमाथि आक्रमण गर्न सक्ने स्थानीय बताउँछन्। उनीहरूले सीमा क्षेत्रमा उल्लेख्य सशस्त्र प्रहरी परिचालन गर्न जोड दिएका छन्। पटकपटक सशस्त्र प्रहरीमाथि नेपाली तथा भारतीय तस्कर समूहले आक्रमण, सशस्त्र प्रहरी कार्यालय घेराउ गर्दै आएका छन्।