मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेशले नतिजा रोकिएपछि अधिकृतका ६ सय प्रत्याशी धर्ना बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १५:४४:oo

सर्वोच्च अदालतको आदेशले लोकसेवा आयोगले आर्थिक वर्ष ०७६/७७ को नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरू धर्नामा बस्ने भएका छन्। ०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका प्रत्याशीहरू धर्ना बस्न लागेका हुन्।

०७८ भदौ ८ मा सबै चरणका परीक्षाहरू सम्पन्न भई अन्तिम नतिजा प्रकाशनको चरणमा रहेकोमा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको भन्दै उनीहरू धर्ना बस्न लागेका हुन्।

अधिकृतको नतिजा कुरिरहेका सुदीप सापकोटाका अनुसार नतिजा प्रकाशन स्थगित हुँदा आफूहरू मर्कामा परेकोले शीघ्र अन्तिम सिफारिस गर्न दबाब दिने उद्देश्यले परीक्षार्थीले शान्तिपूर्ण धर्ना दिन लागेका हुन्।

अर्का परीक्षार्थी नरबहादुर ठगुन्नाका अनुसार असोज ४ देखि ६ गरी तीन दिनसम्म लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा नतिजा कुरिरहेका करिब ६ सय परीक्षार्थी धर्नामा सहभागी हुनेछन्।