मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनगणना अवधिभरका लागि रोकियो स्थानीय तहको कर्मचारी सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १७:५६:००

सरकारले जनगणना अवधिभरका लागि स्थानीय तहको कर्मचारी सरुवा रोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै सरुवा स्थगित गरेको हो । 

मन्त्रालयको परिपत्रमा भदौ ३० बाट सुरु भएको जनगणनालाई प्रभावकारी बनाउन र समयभित्रै सम्पन्न गर्न सरुवा स्थगन गरिएको उल्लेख छ । उपसचिव कृष्णप्रसाद भुसालले  गरेको परिपत्रमा राष्ट्रिय योजना आयोगको आग्रहमा सरुवा स्थगन गरिएको उल्लेख छ । 

मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारी र जनगणनाका लागि काजमा खटिएका कर्मचारीहरूलाई जनगणना अवधिभर सरुवा नगरिने जनाएको छ ।