१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मोटरहेड मोटरसाइकल सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५o:oo

चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइनेछ भने यसमा  २२३ सिसी क्षमताको इन्जिन रहेको छ । यो बाइकले  अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीले विगत ५ वर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्री गर्दै आएको छ । 

फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरू माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । मोटरहेड मोटरसाइकल देशका विभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिनेछ ।
 

ad
ad