१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध जाहेरी दिन दाङ आइन् विमला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:o१:oo

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) दाङ आएकी छिन्। बुटवलबाट आज (बुधबार) दाङ आएको नयाँ पत्रिकालाई बताइन् । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’ उनले भनिन्, ‘तर, बुटवलबाट दाङ नै दर्ता गर्न सुझाब दिनुभयो, त्यहीअनुसार दर्ता गर्ने तयारीमा छौँ।’

गत साउन १५ देखि ५ दिनसम्म आफूलाई बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्रीसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध जाहेरी दिने उनले बताइन्। 

लुम्बिनी प्रदेश दाङका प्रहरीप्रमुख मुकुन्द आचार्यले विधि पुर्‍याएर जाहेरी आए दर्ता गर्ने बताएका छन् । खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए । डिएसपी कुँवरले उनले घटनाको सुरुवात भएको स्थान दाङमै भएकाले त्यहीँ उजुरी दर्ता गर्न सुझाब दिएका थिए । खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा  ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था रहेको छ ।  
 

ad
ad