१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उत्पादनको २० वर्ष पुगेको अवसरमा चोकोफनको नयाँ विज्ञापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३१:oo

सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफनको २०औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ विज्ञापन अभियान सुरु गरेको छ । कम्पनीले ‘अन्ली चोकोफन’ भन्ने सन्देशसहित विज्ञापन अभियान सुरु गरेको हो । चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर भएका कम्पनीको दाबी छ । यसको मीठो स्वाद हरेक बालबालिकाको मनमनमा २० वर्षदेखि बस्दै आएको कम्पनीले जनाएको छ ।

बालबालिकाका विभिन्न रमाइला पलहरूमा चोकोफनको साथले थप खुसी र आनन्द प्राप्त हुने र यसरी उनीहरूको रमाइलो र खुसीको अभिन्न अंगका रूपमा चोकोफन मात्र रहेको भन्ने अभिप्रायको विज्ञापन सुरु गरिएको जनाइएको छ ।  

विज्ञापनलाई बालबालिकाले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने तथा उनीहरूको दैनिकीमा हुने विभिन्न मीठा पलहरूलाई समेटेर यो विज्ञापन बनाइएको कम्पनीको दाबी छ । उत्पादक सुजल फुड्सले चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको आइएसओ २२०००–२०१८ सर्टिफाइड कम्पनी भएको दाबी गरेको छ । 

ad
ad