१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार ०६:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकले निब्र्याजी मासिक किस्तामा सामसङको स्मार्ट फोन दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार ०६:२३:००

सानिमा बैंक लिमिटेड र नेपालका सामसङ मोबाइल फोन आधिकारिक विक्रेताहरू आइएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरूलाई सामसङको फ्ल्यागसिप स्मार्ट फोन किस्ताबन्दीमा प्रदान गर्ने सम्झौता भएको छ ।

सानिमा बैंकका ग्राहकलाई जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता सुविधामा प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसङ कम्पनीका स्मार्ट फोनहरू १२ महिना समयावधिका लागि मासिक किस्तामा प्रि—बुकिङ गर्न सक्ने जनाइएको छ । यसका साथै प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रि–बुकिङ सुरु भइसकेको र उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते जनाइएको छ । सानिमा बैंकले सातै प्रदेशमा एक सय चार शाखा तथा ९६ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।