मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Friday, 28 August, 2026
मोहन विष्ट कञ्चनपुर
२o७८ भदौ २९ मंगलबार १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १६:४४:oo

नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन् । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै सुदूरपश्चिम प्रदेश पार्टीको इन्चार्ज भएको बताएका हुन्। 

‘मलाई अध्यक्षज्यूले तपाईं नै प्रदेशको इन्चार्ज भनेको हो,’ उनले भने, ‘भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो, मेरो भीम रावलसँग कुनै मतभेद छैन।’ उनले आफूलाई पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी दिएकाले भ्रममा नपर्न आग्रह गरे। एमाले विभाजनपूर्व भीम रावल माधव नेपाल समूहमा रहेका थिए। विभाजनमा नेपाललाई साथ नदिएका रावल भट्टलाई प्रदेश इन्चार्ज बनाउँदा असन्तुष्ट छन्।