१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
आत्महत्याको अवस्थाबारे जानकारी गराउँदै महिला बालबालिका सेवा केन्द्र मोरङकी प्रमुख इन्सपेक्टर एन्जिला राई
गणेश लम्साल विराटनगर
२o८१ जेठ ११ शुक्रबार १४:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आत्महत्या रोकथाम गर्न अभियान सञ्चालन गर्दै मोरङ प्रहरी 

Read Time : > 1 मिनेट
गणेश लम्साल विराटनगर
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ११ शुक्रबार १४:४१:oo

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । बर्सेनि बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत रूपमा अभियान सञ्चालन गर्न लागेको हो ।

आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यबारेको चेतलाई तल्लो तहसम्म पुर्‍यउन विभिन्न समाजिक संस्था र स्थानीय जनप्रतिनिधि, पत्रकारलगायत सबैको सहयोगमा अभियान सञ्चालन गर्न लागेको मोरङका एसपी जर्नादन जिसीले बताए ।

विश्व आत्महत्या दिवसको अवसरमा २५ भदौमा विराटनगरमा ओरेक नेपालसँगको सहकार्यमा मोरङ प्रहरीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी एसपी जिसीले आत्महत्या रोकथामका लागि योजना बनाउन मोरङ घटनाको तथ्यांक विश्लेषणसहित राख्न थालेको जानकारी गराए । 

आत्महत्याबारेका गलत धारणा हटाएर समाजिक चेतनालाई सकारात्क बनाउन ‘म छु र पो त’ अभियान सहयोगी हुने एसपी जिसीले बताए । उनले भने, ‘हामीले कार्ययोजना बनाइरहेका छौँ । केही दिनमै सामूहिक रूपमा अभियान सुरुवात गर्नेर्छौँ ।’

यो अभियानमा सामाजिक संस्थाहरूको सहयोगमा प्रहरीले गाउँगाउँमा गएर मानसिक स्वास्थ्य अवस्था बुझ्ने र जीवन जिउने कलाबारे सकारात्मक उपाय बुझाउनेछ । समुदायसँग अन्तर्क्रिया गर्दा पत्ता लागेका समस्याबारे स्थानीय पालिकाहरूसँग मिलेर समाधान खोजिनेछ ।

जिल्ला प्रहरी मोरङ महिला बालबालबालिका सेवा केन्द्रकी प्रमुख इन्स्पेक्टर एन्जिला राईले मोरङमा आत्महत्यादर बर्सेनि  बढ्दो रहेको र सबैभन्दा बढी प्रजनन उमेरका महिलाहरूले आत्महत्या गर्ने गरेको बताइन्। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मोरङमा १२७ जनाले आत्महत्या गरेको र तीमध्ये ८५ महिला थिए ।  यसैगरी, सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समूहका मानिसले आत्महत्या गर्ने गरेका पाइएको छ। मोरङमा सबैभन्दा बढी मधेसी, जनजाति र दलित समुदायमा आत्महत्या हुने गरेको छ। आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी गृहिणी छन् । चालू वर्षको साउन र भदौ महिनामा मोरङमा १७ जना महिला र १५ जना पुरुषले आत्महत्या गरिसकेका छन् ।

मोरङमा आत्महत्या गर्ने कारणहरुमध्ये गरिबी, वैदेशिक रोजगार, बेरोजगारी, घरेलु हिंसा, समाजिक र पारिवारिक थिचोमिचो, बलात्कार, जातीय विभेद, मानसिक रोग र गलत सामाजिक धारणालगायत रहेका छन् ।

ad
ad