Skip This
प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Tuesday, 13 May, 2025
फाइल फोटो।
२o७८ भदौ २६ शनिबार १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार १४:२८:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छिन्। किराँत याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा भुसालले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो बताइन् । 

“आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ। कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ,” उनले भनिन्। मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने बताइन्। उनले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको दोहोर्‍याइन्।

मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताइन्। “अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ। विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,” उनले भनिन् ।