१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एजेन्सी काबुल
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिवानको पुरानै रवैया : गोली हानी गर्भवती महिलाको हत्या

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
Invalid date format १४:o५:oo

अफगानिस्तानमा तालिवान लडाकुले एक प्रान्तीय सहरमा गर्भवती महिलालाई गोली हानी हत्या गरेकाे बताइएको छ। घोर प्रान्तको राजधानी फिरोजकोहमा गर्भवती महिलालाई गोली हानी हत्या गरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बानु नेगर नाम गरेकी महिलालाई गोली प्रहार गरेको हो। अफगानिस्तानमा महिलाहरूले अधिकारका लागि विभिन्न स्थानमा प्रदर्शन गरिरहँदा यो हत्याको यो खबर सार्वजनिक भएको हो। यो घटना सार्वजनिक भएपछि तालिवानको बोली र व्यवहार नमिलेको भन्दै आलोचना भइरहेको छ।

तालिवानले भने ती महिलाको मृत्युमा आफूहरूको संलग्नता नभएको बताउँदै यस विषयमा छानबिन गर्ने जनाएको छ।

तालिवानका प्रवक्ता जबिल्लाह मुजाहिनले बिबिसीसँग कुरा गर्दै भने, ‘हामी घटनाका विषयमा जानकार छौँ । म स्पष्ट पार्न चाहन्छु कि उनलाई तालिवानले मारेको होइन। हामी अनुसन्धान गरिरहेका छौँ ।’ अघिल्लो सरकारका लागि काम गरेकाहरूलाई तालिवानले आममाफी दिइसकेको बताउँदै उनले महिलाको घटनामा तालिवानको संलग्नता रहेको भन्ने कुरा अस्वीकार गरका हुन्।