मार्तलले हानेर दाइको हत्या गर्ने भाइ पक्राउ

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

झापाको कचनकवल गाउँपालिका– ३ केचनामा मार्तलले हानेर दाजुको हत्या गर्ने भाइ पक्राउ परेका छन्। ५० वर्षीय दाइ भात्रु राजवंशीको हत्या गरी फरार रहेका ३७ वर्षीय भाइ रतन राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्याल अनारमनीबाट खटिएको प्रहरी टोलीले आइतबार राति ९ बजे पक्राउ गरेको हो।

निजलाई इलाका प्रहरी  कार्यालय अनारमनीमा राखी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नयब उपरीक्षक राकेश थापाले जानकारी दिए।

See More On

सुझावित समाचार