१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार १८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले बनायो स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १८:१४:oo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ। आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए।

तुलाधरका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमालको स्थायी कमिटी गठन गरिएको हो। पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका सचिवालय गठन गरिएको पनि उनले बताए।

केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी डा. गंगालाल तुलाधरलाई दिइएको छ। त्यसैगरी प्रदेश नम्बर १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश नम्बर २ को इन्चार्जमा धर्मनाथ साह, बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी र कर्णाली प्रदेशको इन्चार्ज प्रकाश ज्वालालाई तोकिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने पछि तय गरिने जनाइएको छ।