१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
एजेन्सी काबुल
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अधिकार माग गर्दै महिलाले गरेका प्रदर्शनमा तालिवानको हस्तक्षेप

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
Invalid date format १२:३९:oo

अफगानिस्तानमा तालिवानले नियन्त्रण कायम गरेपछि अधिकारको माग गर्दै महिलाहरूले गरेका प्रदर्शनमा तालिवानले हस्तक्षेप गरेको छ। प्रदर्शनमा उत्रेका महिलामाथि तालिवानले अश्रुग्यास प्रहार गरेको बिबिसीले जनाएको छ।

अफगानी समाचार संस्था टोलो न्युजका अनुसार प्रदर्शन तालिवानको नियन्त्रणबाहिर रहेको छ। अफगानिस्तानमा महिलाहरूले सरकारमा सामेल हुने र कामको अधिकार माग गर्दै प्रदर्शन गरिरहेका छन्। तर, तालिवानले भने महिलालाई सरकारमा सामेल गराउन सकिए पनि मन्त्री बनाउन नसकिने बताएको छ।

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिवानको शासनमा महिलाहरूलाई विद्यालय जान रोक लगाएर अन्य अधिकारहरूबाट पनि बन्चित गरिएको थियो। तालिवान शासनमा पुनः त्यस्ता घटना दोहोरिने आशंकामा यहाँका महिलाहरू अधिकारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।