१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
न्युयोर्क
२o८२ असार १७ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार ११:१३:oo

संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनले मानिसको जीवनमा गम्भीर खतरा उत्पन्न गराइरहेको जनाएको छ । दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका वेला संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले यस्तो भनाइ राखेका हुन् । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै उनले भने, ‘जलवायु संकट भनेको मानव अधिकारको संकट हो । तापक्रम वृद्धिले मानिसको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारमा असर पुर्‍याइरहेको छ ।’

उच्चायुक्त टुर्कले युरोपमा देखिएको हालको गर्मीको लहरले जलवायु परिवर्तनसँग जुध्न आवश्यक तयारी तथा उपाय अपनाउन सबैको ध्यान जानुपर्ने बताए । उनले जीवाश्म इन्धन प्रयोग गर्ने उद्योगले गलत प्रचार र झुटा समाधानमार्फत वास्तविकता लुकाउने प्रयास गरिरहेको अरोप लगाए । उनले यस्ता उद्योगलाई जवाफदेही बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

उच्चायुक्तका अनुसार जलवायु परिवर्तनका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्राय: ऋणको रूपमा हुने भएकाले यसले गरिब तथा विकासोन्मुख मुलुकमा थप ऋणको बोझ सिर्जना गरिरहेको छ । उनले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायु जोगाउन राष्ट्रहरूको कर्तव्य प्रस्ट रूपमा परिभाषित गर्दै लगेको र यो प्रक्रियाले जलवायु न्याय सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका वेला जेनेभामा अत्यधिक गर्मी भएकाले मानव अधिकार परिषद्का अध्यक्षले पोसाकसम्बन्धी नियममा केही सहजता अपनाउँदै टाई नलगाउने निर्णय गरेका थिए ।