१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार ११:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध अफिमसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार ११:३८:oo

कैलालीमा लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको साथबाट दुई किलो ७१४ ग्राम अफिम बरामद गरिएको छ ।

घोडाघोडी नगरपालिका– १, सुखडस्थित पञ्जकोशी होटेलबाट हुम्लाको सुर्केगाड गाउँपालिका– ५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका– ७ की ३२ वर्षीया पूर्णिमा पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।