१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राइजिङ हाइड्रोपावरको सेयर निष्कासकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार ११:३o:oo

मुक्तिनाथ क्यापिटल र राइजिङ हाइड्रोपावरबिच आइपिओ निष्कासन तथा संस्थागत परामर्श सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशी र हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरेले हस्ताक्षर गरेका हुन् । 

क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

संस्थागत परामर्श सेवासहित आवश्यक पुँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लिखित उद्देश्यबमोजिम कार्य गर्न आवश्यक सहजीकरणका लागि उक्त सम्झौता गरिएको बताइएको छ ।

राइजिङ हाइड्रोपावरले सिन्धुपाल्चोकस्थित सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट)मार्फत वार्षिक ६.७७ गिगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ । कम्पनीले आगामी आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर निष्कासन गरी चुक्ता पुँजी ४० करोड पुर्‍याउने कम्पनीले जानकारी गराएको छ ।