Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १९ शनिबार १९:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबको पार्टी युवा पुस्ताले हाँक्छन्, समाजवादको बाटो धेरै लामो छैन : अध्यक्ष नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १९ शनिबार १९:३०:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको बाटो धेरै लामो नरहेको बताएका छन् । रामेछापका नेता तथा कार्यकर्तासँग शनिबार भएको भेटमा नेपालले अबको पार्टी हाँक्ने जिम्मा युवा पुस्तालाई भएकाले समाजवादका छिट्टै पुगिने बताएका हुन् । 

नेपालले केपी ओलीजस्तो अराजक, प्रतिगामी, कुन्ठाले भरिएको नेतृत्वसँग बस्न धेरै सकस हुने भएकाले मध्यपन्थीको बाटो पनि ढिलो–चाँडो समाजवादी पार्टी नै भएको बताएको विद्यार्थी नेतृ सरिता खातीले बताइन् । नेपालले अवसरवादी चरित्र लामो समयसम्म नटिक्ने बताएका थिए । 

नेपालको भनाइ उद्धृत् गर्दै खातीले भनिन् ‘नेकपा एकीकृत समाजवादी पार्टी अब देशकै राम्रो र ठूलो पार्टी बन्नेछ । अबको पार्टी हाँक्ने जिम्मा युवा पुस्तालाई भएको हुँदा समाजवादको बाटो धेरै लामो छैन् । हामी क्रान्तिकारी पार्टी बनाउन अघि बढ्छौँ र सबै स्थानीय तहमा हाम्रो पार्टीले नेतृत्व गर्नेछ । तत्काल कुनै किसिमको पार्टी एकता हुनेछैन ।’

एमसिसीको सम्बन्धमा नेपालले राष्ट्र र राष्ट्रियताभन्दा ठूलो केही नभएकाले देशको हितविपरीत कुनै पनि काम नगर्ने बताएका छन् ।