मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १५ बिहीबार
  • Thursday, 01 December, 2022
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक पेरिसडाँडामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १६:१०:००

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समितिको आकस्मिक बैठक बसेको हो। स्रोतका अनुसार योङ कम्युनिस्ट लिगको नेतृत्वको विषय टुंगो लगाउन बैठक बोलाइएको हो।

यस्तै बैठकमा सांगठनिक विषयमा छलफल हुने जनाइएको छ।  आज बिहान मात्रै सत्ता गठबन्धनका दलहरूको बैठकले सरकारलाई छिटो पूर्णता दिने विषयमा छलफल गरेका थिए। बैठकमा सरकारमा जाने नामबारे समेत छलफल हुन सक्ने एक स्थायी समिति सदस्यले बताए।