१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १३ आइतबार १९:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेरोप्रिभ्यालेन्स सर्भे भन्छ : ६८.६ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १३ आइतबार १९:३०:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड – १९ को एन्टिबडी देखिएको जनाएको छ। 
दोस्रो सेरोप्रिभ्यालेन्स सर्वेक्षणको नतिजाले यस्तो देखाएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । सर्वेक्षणअनुसार ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूमा असार २१ गतेदेखि साउन ३० गतेसम्म संकलित १३ हजार १६१ नमुनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । 
मन्त्रालयका अनुसार सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा एन्डिबडी देखिएको छ। कोरोनाविरुद्धका एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्डिबडी देखिएको छ । योअनुसार लगाइरहेका खोपहरू प्रभावकारी रहेको देखिएको मन्त्रालयले जनाएको छ ।