१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ भदौ ४ शुक्रबार १५:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘नेपाल आइडल’का निर्णायक परिवर्तन, नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ भदौ ४ शुक्रबार १५:४३:००

चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरू परिवर्तन गरेको हो।

नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्। निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवं गायक शम्भुजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए। उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी प्रकट गरे।

गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए। नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छिन्। सिजन ३ सम्मका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आबद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टिम चयन गरेको हो।