मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजपत्रमा सूचना आएपछि मात्रै महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १५:२३:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता नपाएको महन्थ ठाकुर पक्ष अध्यादेशबारेको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्रै पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टी दर्ताको तयारी पूरा भएको छ। नयाँ पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक र चुनाव चिह्न साइकल राख्ने तय भएको छ। नेता कर्णले सूचना राजपत्रमा आएपछि मात्रै आयोग जाने जानकारी दिए।

‘नाम जसपा नेपाल लोकतान्त्रिक र चुनाव चिह्न साइकल राख्ने गरी तय भइसकेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘राजपत्रमा सूचना प्रकाशित हुनेबित्तिकै जान्छौँ। मिल्यो भने आजै दर्ताका लागि जान्छौँ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन्। अध्यादेश जारी भएको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्रै आधिकारिक मान्ने गरिन्छ।