मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार २०:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्स्पेक्टर वाग्लेको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार २०:०३:००

पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्स्पेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको गृह मन्त्रालयले छानबिन थालेको छ । सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ । 

गत २५ साउनमा कार्यालयअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट इन्स्पेक्टर वाग्लेको मृत्यु भएको थियो । जुन घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रश्न उठाएपछि छानबिन समिति बनेको हो । समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य छन् ।  

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्स्पेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीको घटनाको अनुसन्धानमा गृहले उनलाई निलम्बन गरेको थियो । सो मोबाइल तस्करीमा डिआइजीको मिलेमतो रहेको भनेर नेता कँडेलले संसदमै आरोप लगाएका थिए ।