१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
भोला पासवान सप्तरी
२o८१ जेठ १४ सोमबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेमविवाह असफल भएपछि आत्महत्या गरेकी ज्योतिका माइतीद्वारा केटा पक्षविरुद्ध मुद्दा दायर  

Read Time : > 1 मिनेट
भोला पासवान सप्तरी
नयाँ पत्रिका सप्तरी
२o८१ जेठ १४ सोमबार o८:३६:oo

प्रेमविवाह असफल भएपछि आत्महत्या गरेकी सप्तरीको सुरुंगा नगरपालिका– ७ पोखरीयाकी १९ वर्षीया ज्योति पासवानका परिवार माइतीपक्षले केटाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ज्योतिका बुबा प्रमोद पासवानले ज्योतिलाई बिहे गरी लगेका सोही वडानिवासी कृष्ण मिश्रविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय कडोरबोनामा आत्महत्या दुरुत्साहन, जातीय छुवाछुत र जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको दलित अगुवा दीपेन्द्र पासवानले बताए ।

गत जेठ ९ गते घरपरिवारलाई त्यागेर घरबाट भागेकी २० वर्षीया ज्योतिकुमारी पासवानलाई पति कृष्ण झाले गेस्टहाउसमा छोडेर भागेको दुुई महिनासम्म पनि फर्केर नआएपछि गत २३ गते शनिबार घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । सँगै मर्ने र बाँच्ने कसम खाएर प्रेमविवाह गरेकी ज्योतिलाई पति कृष्णले धोका दिएपछि उनी विक्षिप्त बनेकी थिइन् । ज्योतपका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन, जातीय भेदभाव तथा कसुर सजाय ऐन, २०६८ र जबर्जस्तीकरणी मुद्दामा कारबाही गर्न उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न हामी प्रक्रिया अघि बढाइसकेका छौँ ।’

भागेको झन्डै पाँच महिनापछि गएको असार २ गते सिराहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरेकी थिइन् । कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता भएको र  पैसाको अभावले खानसमेत समस्या रहेको कुरा ज्योतिले आमालाई फोन गरेर जानकारी गराएपछि सुरुंगा नगरपालिकाका उपप्रमुख बिन्दा पासवानका छोरा राजेश पासवान, पत्रकार धर्मेन्द्र पासवान, मानव अधिकारकर्मी दुर्गा परियार र इलाका प्रहरी कार्यालय लहानका दुईजना प्रहरीसहितको टिमले ज्योतिलाई गेस्टहाउसबाट उद्धार गरेकाे थियाे ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दहालका अनुसार प्रहरी, मानवअधिकारकर्मीसहितको टोलीले असार २ गते गेस्टहाउसबाट ज्योतिलाई उद्धार गरी बुबा प्रमोदलाई जिम्मा लगाएको बताए । उनले भने, ‘हामीले जाहेरी लिएर आउन भनेका थियौँ, तर उहाँहरू फर्केर आउनुभएन ।’

ज्योतिलाई गेस्टहाउसबाट उद्धार गर्न गएकामध्येका एक सुरुंगा नगरस्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य वीसेन्द्र पासवानका अनुसार इलका प्रहरी कार्यालयको महिला सेलमा ज्योतिको बयान लिइएको थियो । उमेर कम भएकोले विवाहको प्रमाण हुँदाहुँदै पनि कृष्णको घरमा जिम्मा लगाउन नसक्ने जवाफ प्रहरीले दिएको थियो ।

घटनापछि ज्योतिका परिवारलगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन् । ज्योतिलाई प्रेममा पारेर पाँच महिना यौनशोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले  आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ ।
 

ad
ad