Skip This
हतियारसहित वडाध्यक्ष पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Tuesday, 16 September, 2025
पक्राउ परेका वडाध्यक्ष र साह
२o७८ श्रावण २६ मंगलबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हतियारसहित वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १४:४o:oo

कैलालीको कैलारी गाउँपालिका– ९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुईजना हतियारसहित पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मसुरियामा प्रहरी चेकजाँचका क्रममा सोमबार राति करिब १२ बजेतिर इजाजतविनाको हतियारसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

५३ वर्षीय वडाध्यक्ष चौधरीसँगै धनगढी उपमहानगरपालिका– २ का ४६ वर्षीय मोहित साह पनि हतियारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। प्रहरीका अनुसार साहले चलाएको बा.१७च १३१२ नम्बरको जिप चेकजाँचका क्रममा १२ बोर एक थान, त्यसको कार्टिक एक थान तथा पोइन्ट टुटु एक थान र त्यसमा प्रयोग हुने गोली १० थान बरामद गरिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर बन्दुक चौधरीको र पोइन्ट टुटु साहको रहेको खुलेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए। जिपमा धनगढी उपमहानगरपालिका– १ का रूपक मल्ल र कैलारी गाउँपालिका– ९ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेका प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। वडाध्यक्ष चौधरी यसअघि पनि वन मुद्दामा मुछिएका थिए। वन अतिक्रमणको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी महिनौँ फरार भएका थिए।