१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाराका माछा किसानलाई  मेगाको सहुलियत कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o४:oo

मेगा बैंक नेपाल लिमिटेडले बाराका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा बैंक, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच सम्झौता भएको हो । 

बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एन्ड डी आक्वा बिजनेसका अध्यक्ष अमरबहादुर थिङ र सहकारीका अध्यक्ष शिवहरि आचार्यले सम्झौतामा हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्झौताबाट बाराका कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरू प्रत्यक्ष लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडले माछापालक कृषकहरूलाई प्राविधिक सहयोग र अन्य सामग्रीहरू आपूर्ति गर्ने र मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरू सहज रूपमा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सम्झौतापछि बैंकका अध्यक्ष शाहले हलोदेखि हाइड्रोसम्म नारा बोकेको बैंकले माछापालक कृषकहरूलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए । बैंककी सिइओ खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरू सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन् । 

बाराको जितपुरमा नयाँ शाखा 
मेगा बैंक नेपाल लिमिटेडले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५औँ शाखा हो ।  मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ । 

ad
ad