१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २२ शुक्रबार १९:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले छिट्टै पूर्णता पाउँछ : माओवादी केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २२ शुक्रबार १९:३१:००

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो ।

तर, बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा भने छलफल नगरिएको नेता  नारायणकाजी श्रेष्ठले बताए । उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टीभित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टीभित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैैन । एक–दुई दिनभित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’