१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौंः
२o८१ बैशाख २३ आइतबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिर्गाैला प्रत्यारोपण निःशुल्क गर्न माग गरिएको मुद्दामाथि आज सुनुवाइ हुँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंः
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o५:oo

मिर्गाैला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सरकारले मिर्गाैला प्रत्यारोपणको नाममा अझै शुल्क लिने गरेकोमा पूर्ण रूपमा निःशुल्क गराउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटको आज सुनुवाइ तोकिएको हो । 

रिटको सुनुवाइका लागि न्यायाधीश टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलास तोकिएको छ। अधिवक्ता पौडेलले साउन १२ मा दायर गरेको रिटमा प्रत्यारोपण आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने भएकाले सरकारलाई  प्रत्यारोपणका नाममा शुल्क असुल नगराउन अन्तरिम आदेश माग गरिएको छ।
 
‘सरकारले प्रत्यारोपणका नाममा अझै शुल्क असुल गरिरहेको छ। यसलाई पूर्ण रूपमा निःशुल्क नै बनाउनुपर्छ भनेर सार्वजनिक सरोकारको रिट दायर गरिएको हो,’ पौडेलले भने।

ad
ad