१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक सातामा कालीगण्डकीमा तीनजना बेपत्ता, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३७:oo

बाग्लुङमा एक साताको अवधिमा कालीगण्डकी नदीमा डुबेर तीनजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार गत बिहीबार बाग्लुङ नगरपालिका– १ निरयघाटमा पौडी खेल्न गएका दुई युवा बेपत्ता भएका थिए। 

बेपत्ता हुने बाग्लुङ नगरपालिका– ४ का १३ वर्षीय अभिषेक विक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन रहेका छन्। चारजना साथीहरू मिलेर पौडी खेल्न गएकामध्ये दुईजनालाई कालीगण्डकीले बगाएको थियो। उनीहरूको खोजीकार्य जारी रहेको छ। 

प्रहरीले टोली परिचालन गरेर उनीहरूको खोजी कार्य जारी राखेको छ। खोजी कार्यमा लागि विपत् व्यवस्थापन गुल्मका ७ प्रहरी, जिल्ला प्रहरी कार्यालयका सात सुरक्षाकर्मी गरी १४ जनासहित बेपत्ता किशोरहरूका आफन्तले खोजीकार्य गरिरहेका छन्। अन्य जिल्लाबाट पनि प्रहरीले खोजीकार्य गरिरहेको छ। बर्खामा समयमा कालीगण्डकीको बहाव बढेकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ। 

सोमबार पनि मानसिक सन्तुलन गुमाएकी एक महिला निरयघाटबाटै कालीगण्डकीमा हाम फालेकी छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार सोमबार बाग्लुङ नगरपालिका– ९ तित्याङकी ५० वर्षीया टीका थापा बेपत्ता भएकी हुन्। महिलाले मानसिक रोगको औषधि सेवन गर्ने गरेको बुझ्नमा आएको प्रहरीले जनाएको छ।  उनले लगाउने गरेको चप्पल नदी किनारामा भेटिएको छ।  परिवारिक स्राेतले उनी हाम फालेको बताएको पनि प्रहरीले जानकारी दिएको छ। 

मंगलबार जिल्लाको काठेखोला गाउँपालिका– ७ रेशमा पौडी खेल्ने क्रममा २० वर्षीया युवतीका ज्यान गएको छ। घरनजिकैको खोलामा पौडी खेल्दा डुबेर स्थानीय मनकुमारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। पौडी खेल्दा डुबेको थाहा पाएलगत्तै स्थानीयले खोज्दा खोलामा डुबेको अवस्थामा फेला परेका थिए। मृतक स्थानीय भीमसेन माविमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन्।  
 

ad
ad